बाँके, १९ बैशाख । नेपाली कांग्रेस कोहलपुर नगरपालिकाका मेयर र उपमेयर उम्मेद्वारले प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गरेका छन् । समुन्नत कोहलपुर बनाउने संकल्पसहित आफ्नो प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गरेको हो ।
मेयर उम्मेदवार पूर्णप्रसाद आचार्य र उपमेयर उम्मेदवार संगीता सुवेदीले समुन्नत कोहलपुर र निमुखालाई न्याय, विपन्नलाई आय भन्दै घोषणापत्र सार्वजनिक गरेका हुन् ।
कोहलपुरलाई समुन्नत नगरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण तथा पर्यटन, खानेपानी तथा सरसफाइ, व्यापार, व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सूचना सञ्चार, सामाजिक सुरक्षा, बस्ती व्यवस्थापन तथा आवास, बजारीकरण, आधुनिक पशुपालन तथा कृषि, सिंचाइ, आयआर्जन तथा रोजगार, युवा तथा खेलकुद, विद्युत, उद्योग, सडक र यातायात, प्रशासन सुशासन, विपद व्यवस्थापन लगायतका क्षेत्रमा प्रतिबद्धता जनाइएको छ ।
तपाईको प्रतिक्रिया