सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

समाचार

वीरगन्ज, १९ बैशाख । भारतसँग खुल्ला सीमा जोडिएको पर्सा, बारा सहितका जिल्लाहरूमा कोरोना संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

भारतको विहारसँग खुल्ला सीमा जोडिएका पर्सा , बारा सहित मधेस प्रदेशका ८ जिल्ला उच्च जोखिममा रहेको वीरगन्जका चिकित्सकहरूले बताएका छन् ।

भारतमा संक्रमण दर बढेसँगै नेपालमा पनि त्यही अवस्था आउन सक्ने जोखिम रहेको कुरा विगतका दुई चरणको लहरले पुष्टि नै गरिसकेकोले विशेष गरी पर्सा, बाराका जिल्लाहरूमा स्वास्थ्यका मापदण्ड अपनाउनु नितान्त आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ