जनकपुरधाम, २० बैशाख । मुस्लिम धर्मावलम्बीहरुको मुख्य पर्व ईदउल फित्रको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शुभकामना व्यक्त गरेका छन् ।
इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व ईद उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना मुख्यमन्त्री राउतले गरेका छन् ।
इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले भाइचाराको महत्त्वपूर्ण पर्व इल उल फित्र हर्षाेल्लासका साथ मनाउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री राउतले मुलुकवासी तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया