“नेशनल आईसीटी एक्सिलेन्स अवार्ड” पाउने पहिलो मधेशी शिक्षाविद् जालान

समाचार

काठमाडौं, २० बैशाख । नेपाल सरकारले प्रदान गर्ने ‘नेशनल आईसीटी एक्सिलेन्स अवार्ड’ पहिलो पटक मधेशका शिक्षाविद् पंकज जालानले प्राप्त गरेका छन् ।

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्षसमेत रहेका जलानलाई “नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२” द्धारा सम्मान गरिएको हो ।

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास र विस्तार गर्न योगदान रहेको भन्दै सम्मान गरिएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा सोमबार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सो अवार्ड प्रदान गरेका हुन् ।

शिक्षाविद् जालानलाई सम्मानपत्र र एक लाख नगदसहित सम्मान गरिएको हो ।

सो अवार्ड प्राप्त गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै शिक्षाविद् जालानले नेपाल सरकारको तर्फबाट आफूलाई गरिएको सम्मानबाट थप उत्साह र जिम्मेवारी बढाएको बताएका छन् ।

उनले भने, ‘मैले आजसम्म शिक्षा क्षेत्र त्यसमा सूचना, प्रविधिको क्षेत्रमा गर्दै आएको कामको प्रोत्साहन भएको छ भने आगामी दिनमा झन् जिम्मेवारीको बोधका काम गर्नेछु ।’

सम्मानपत्रमा ‘सूचना तथा सञ्चार क्षेत्र सँग सम्बन्धित व्यावसायिक तथा सामाजिक संस्थाहरुमा रही प्रविधिको विकास र विस्तारमा याहाँले पु¥याउनु भएको विशिष्ट योगदानको उच्च मुल्याड्ढन गर्दे राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नगद रु एक लाख सहित “नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ प्रदान गरिएको छ’ लेखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ