रुपन्देही, २१ बैशाख । लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । कानुनी प्रक्रिया पूरा गर्नका लागि स्थगित भएको हो ।
मङ्गलवारदेखि सुरु भएको लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ ।
प्रदेश सभाको पहिलो बैठक सुरु भए लगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा आफूहरूले राखेका माग सम्बोधन नभएसम्म सदन चल्न नदिने बताए ।
सदनमा नेकपा संसदीय दलका प्रमुख सचेतक ढकालले बोले लगत्तै एमालेका सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।
तपाईको प्रतिक्रिया