सार्वजनिक स्थानमा लगाइएको प्रचार सामग्री हटाइने

समाचार

सप्तरी, २१ बैशाख । जिल्लाका उम्मेद्वारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरी लगाइएको चुनाव सामग्रीहरु हटाउने भएको छ ।

उम्मेदबारहरुले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरुमा दलको झण्डा, निर्वाचन चिन्हअंकित तुल, फ्ल्याक्स बोर्डहरु टाँसेर तथा झुण्डयाएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका निर्वाचन अधिकृतको बुधबार बसेको बैठकले आचारसंहिता विपरित टाँगिएका र झण्डयाइएका तुल, व्यानरलाई हटाउन उम्मेदवारसँग आग्रह गरेको छ ।

उम्मेदवारले उक्त प्रचार सामग्री नहटाए अनुगमन अधिकृतको रोहबरमा नेपाल तथा सशस्त्र प्रहरीले ती सामग्री हटाउने निर्णय भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ