मोरङ, २१ बैशाख । मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ८ स्थित सीमा ईलाकाबाटसशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट १० पत्ता र २४ बोतल स्कुफडिएक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षिय राजकुमार पंजियार र भारतमा घर बताउने २५ वर्षिय विकास मण्डल छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
तपाईको प्रतिक्रिया