वीरगञ्ज, २२ बैशाख । एमालेबाट वीरगञ्जमा मेयर पदका उम्मेदवार बनेका विजय कुमार सरावगीको पक्षमा जनलहर बढ्दै गएको छ ।
एमालेले आयोजना गरेको घर दैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका उम्मेदवारहरुलाई जिताउन शक्ति प्रदर्शन हुन थालेको छ ।
निर्वाचनको लागि दलका उम्मेदवारहरूले जसरी पनि जित्नै पर्ने गरि आफूले भ्याए सम्मको अभियान शुरु गर्न थालेका छन् । प्रचार अभियानले तीव्रता ल्याएसँगै अव कसको पल्ला भारी भन्ने सम्बन्धमा अनुमान लगाउन थालिएको छ ।
घर दैलोमा एमालेका मेयर पदका उम्मेदवार विजय कुमार सरावगी, उप प्रमुखका उम्मेदवार लोसपाका पुरुषोत्तम लाल झा तथा वडा अध्यक्षका उम्मेदवारहरू सुशील कुमार कण्ठ (बमबम ), मिनाक्षी गुप्ता, हिरा गिरि, भरत कुर्मी लगायतको सहभागिता रहेको थियो ।
उनीहरूले जनतासँग बीरगंजको समृद्धिको लागि एमालेको उम्मेदवारहरूलाई जिताउनको लागि आग्रह गरेको समेत थिए ।
तपाईको प्रतिक्रिया