कैलाली, २३ बैशाख । लम्कीचुहा नगरपालिका–७ बस्ने नयाराम आचार्यको घरमा बच्चाहरु खेल्ने क्रममा शुक्रबार बिहान अचानक आगलागी भएको छ ।
आगलागीबाट ३ तोला सुन, नगद ४ लाख ५० हजार रुपैयाँ लगायत विभिन्न सामानहरू जलेर करिब २० लाख रुपैयाँ बराबारको धनमाल नष्ट भएको छ ।
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया