बारा, २४ वैशाख । सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी थाना घोडासहन ग्राम पंचायत लौखान–१ बस्ने २३ वर्षीय पप्पु कुमार यादव र सोही ठाउँ भेलवा–१४ बस्ने २१ वर्षीय अकलेश कुमार सिंह रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०१ पि ३१६१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल नेपाल गोलागंज पोष्टबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया