कपिलवस्तु, २४ बैशाख । बिजयनगर गाउँपालिका–१ थरौली पाल्पाली टोलस्थित झाडीबाट वेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
शुक्रबार राति उक्त स्थानमा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया