जनकनन्दनी गाउँपालिकाका अध्यक्ष शेखको निधन

समाचार

जनकपुरधाम, २५ बैशाख । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।

शनिबार साँझ आफ्नै घरमा अध्यक्ष शेखको ७० वर्षको उमेरमा निधन भएको हो ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो ।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ