विराटनगर, २५ बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभिन्न स्थानमा उम्मेदवारी दिन नसकेको आरोप लगाएका छन् ।
उनले जनताका पक्षमा जान कार्यकर्तालाई निर्देशन दिँदै यही वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारहरूले अत्यधिक सफलत हासिल गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले चेतनाको आन्दोलनको नेतृत्व गरेको गरेको विराटनगर महानगरपालिकादेखि आसपासका क्षेत्रमा पनि विजयी हुने दाबी गरे ।
एमालेको महानगरस्तरीय चुनावी भेलालाई विराटनगरमा सम्बोधन गर्दै ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनःस्थापित गर्ने बताए ।
तपाईको प्रतिक्रिया