अजय कुमार सिंह, जनकपुरधाम, २५ बैशाख । जति–जति निर्वाचन नजिकिँदै छ त्यति–त्यति जनकपुरको माहौल तातिदैछ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका प्रत्यासीहरुबीचको कडा प्रतिस्पर्धाका कारण यहाँका बुद्धिजीबीहरु पनि सही आँकलन लगाउन सकिरहेका छैनन् ।
पाँच दलीय गठबन्धनका तर्फबाट निवर्तमान मेयर लालकिशोर साह छन् भने नेपाली कांग्रेसका तर्फबाट प्रवल दावेदारका रुपमा रहेका मनोज साह तर गठबन्धनका कारण टिकट नपाएर पार्टीबाट राजिनामा गरी बागी उम्मेदवारका रुपमा घण्टाघर छाप लिई प्रतिस्पर्धामा उत्रेका छन् ।
त्यस्तै नेकपा एमालेका युवा उम्मेदवारका रुपमा रहेका शिवशंकर साह (हिरा) र निर्माण व्यवसायीका महान खेलाडी बलराम महतो जसको चुनाव चिन्ह आँप छाप रहेको छ ।
मतदाताहरुको मनोभावना बुझ्दा जनकपुर अञ्चल बस व्यवसायीका अध्यक्ष भई काम गर्दै आएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीप्रति जनताहरुको भावना सकारात्मक देखिएको छ ।
सबैसँग हिलमिलसँग बस्ने वानी र मिठो बोलीका कारण पनि सबैमा प्रिय रहेको देखिन्छ । मनोज चौधरी मधेश आन्दोलनकै समयदेखि राजनीतिमा सक्रिय रहेका छन् ।
उसले जनताको भावनालाई अहिले पनि सकारात्मक रुपमा लिँदै आएका छन् । उनका अनुसार जित हार आफ्नो ठाउँमा छदैछ तर जनता जहिले पनि भगवान हुन् उसलाई कहिल्यै पनि चितः दुखाउनु हुँदैन ।
मधेश आन्दोलनमा समेत उनको भूमिकालाई जनकपुरधाम उपमहानगरपालिकाका जनताहरुले मूल्यांकन गर्दै छन् । जनकपुर उपमहानगरपालिकाका मेयरका अब्बल उम्मेदवारका रुपमा रहेका साइकल छापका तर्फबाट मनोज चौधरी अहिले १ नम्बरमा रहेका जनकपुर उपमहानगरपालिका वडा न. ११ का दिलिप साह बताउँछन् ।
साहका अनुसार लालकिशोर साहलाई जनताहरुले देखिसकेका छन् । अर्का सूर्य छापका उम्मेदवार शिवशंकर साह जो जनकपुर उघोग वाणिज्य संघका अध्यक्ष रहेका बेला के कति गर्यो सबैलाई थाहा भएको विषय हो ।
नेपाली कांग्रेसका तर्फबाट उदयमान हुँदै गरेका नेता मनोज साहलाई काग्रेसले विश्वास नगरी टिकट नै दिएन । अर्को बलराम महतो जो आफूमा नै एउटा हुकुमत गर्ने खालका उच्चकोटीका निर्माण व्यवसायी रहेका छन् । जसले जनकपुर क्षेत्र भित्र एडिबीबाट जनकुरको सडक नाला निर्माण गरे जुन सामान्य बर्षातमा नै जलमग्न हुन जान्छ ।
यस्ता उम्मेदवार जनकपुरवासीका भाग्यमा आएका छन् । अब हेर्न बाँकी छ जनकपुरको भाग्य कसले परिवर्तन गर्न सक्छ ।
त्यस्तै, मधेश आन्दोलनमा योद्धाका भूमिका निर्वाह गरेकी महिला नेतृ विभा ठाकुर हुन् । वृषेशचन्द्र लालको तराई मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारका रुपमा आफूलाई ठाकुरले प्रस्तुत गरेकी छिन् ।
एउटा अब्बल उम्मेद्वारका रुपमा निवर्तमान वडा नं. ७ का अध्यक्ष जानकी राम साहले स्वतन्त्रबाट उम्मेद्वारी दिएका हुन् । उनको चुनाव चिन्ह लालटेन छाप रहेको छ । उनी लोसपाबाट मेयरको टिकट पाउने सम्भावना नदेखेपछि एमाले प्रवेश गरेका थिए । तर एमालेले पनि टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
उनी एउटा अब्बल उम्मेद्वारको रुपमा देखिएका छन् । युवामाझ उनको पनि लोकप्रियता राम्रै देखिन्छ । जानकी रामले वडा नं. ७ मा गरेका कामको सराहना हुँदै आएको छ ।
त्यस्तै राप्रपाबाट किसा गिरी लगायतका प्रत्यासीहरु रहेका छन् । त्यस्ते उपमेयरमा काग्रेसबाट किशोरी साह र नेकपा एमालेबाट रुना झाको नाम विशेष चर्चामा रहेको छ भने ।विशेष चर्चामा हरेक वडामा वडा अध्यक्षहरुमा स्वतन्त्र उम्मेदवारहरुको नामा चर्चामा छन् ।
वडा न. ९मा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार विजय कुमार सिंह, पवन साह र नेकपा एमालेका राम नारायण साहको नाम विशेष रुपमा चर्चामा रहेको छ भने ११ मा कांग्रेसका उम्मेदवार अर्जुन चौधरी ,१० नम्बरमा स्वतन्त्र उम्मेदवार मिथिलेश कर्णको नामा विशेष चर्चामा रहेको छ । अहिले जनकपुर पर्चा पम्पलेटबाट रंगिन बनेको छ ।
तपाईको प्रतिक्रिया