खैरो हेरोइनसहित युवक पक्राउ

समाचार

कैलाली, २६ बैशाख । भजनी नगरपालिका–३ कुस्मघाटबाट करिब ४ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

भजनी नगरपालिका–६ बसाह बस्ने २५ वर्षीय अक्षय कुमार चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

से.६ प ४५७ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ