वीरगन्ज, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा र बारा जिल्लामा यही बैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको छ ।
दुवै जिल्लाका सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको हो ।
भोलि राति १२ बजेदेखि नेपाल भारत सिमामा आवागमन बन्दसँगै जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
यता बारा जिल्लामा पनि वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको हो ।
तपाईको प्रतिक्रिया