बाँके, २६ बैशाख । राप्तिसोनारी गाउँपालिका–८ गल्ली कुटानस्थित सडकमा भे.१० प २७८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने २९ वर्षीय मान बहादुर बिक र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय किशोर बसौली रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया