करेन्ट लागेर राज मिस्त्रीको मृत्यु

समाचार

धनुषा, २६ बैशाख । धनुषाधाम नगरपालिका–२ मखनपुर टोल बस्ने शहिदनगर नगरपालिका–८ डुमरीया घर भएका राज मिस्त्रीको काम गर्ने ४० वर्षीय दुखिया सुडिको करेन्ट लागेर मृत्यु भएको छ ।

सोही नगरपालिका–१ मखनपुरस्थित टाईल्स फ्याक्ट्रीको खुल्ला कम्पाउण्डमा रहेको कलमा नुहाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ