जनकपुर २३ मा कडा प्रतिस्पर्धा

समाचार

अजय कुमार सिंह, जनकपुरधाम, २७ बैशाख । बैशाख ३० मा हुन गइरहेको स्थानीय तह २०७९ को निर्वाचनको समय अब ४ दिन मात्र बाँकी रहदा चुनावी माहौल गरमा गरम भएको छ ।

कुनै उम्मेदवार कसैको संग कमजोर नरहेको अवस्था रहेको छ ।जनकपुर नगर पालिका क्षेत्रमा विशेष गरी स्वतन्त्र उम्मेदवारहरुको पनि अवस्था राम्रो रहेको स्थानीयहरुको भनाइ रहेको छ ।

जनकपुर नगरपालिका वडा न. २३ का मा पनि कडा प्रतिस्पर्धाको अवस्था रहेको छ । नेपाली कांग्रेसबाट रंजित चौधरी, नेकपा एमालेले राम पुकार साह, लोसपाबाट रामनन्दन साह र स्वतन्त्रबाट नेपाली काग्रेसका वर्तमान वडा अध्यक्ष राधवेन्द्र साहले उम्मेदवारी दिएका छन् ।

विशेष गरी नेकां का रंजित चौधरी र नेकपा एमालेका रामपुकार साह विच कडा प्रतिस्प्रधा हुने छ भने अन्य उम्मेदवारहरुले पनि केही न केही भोट ल्याउनेमा विश्वस्त रहेको छ ।

नेकांका उम्मेदवार रंजित चौधरीका अनुसार पार्टीमा र्भखर नै आएकाहरु आफनो आकांक्षा बढाएका कारण नेपाली कांग्रेसमा वागी उम्मेदवारी भएको हो । ने.काका उम्मेदवार चौधरीले दशकौ देखि नेपाली काग्रेसको कार्यकर्ता भई काम गर्दै आएका छन भने निवर्तमान वडा अध्यक्ष शत्रुधन पाण्डेलाई निर्वाचनमा सघाएका थिए ।

निर्वाचन नजिकिँदै गर्दा गाउँगाउँ टोल टोलमा विभिन्न प्रकारबाट नेताहको आँकलनहरु सुरु भएको छ । त्यस्तै वडा न. १०मा नेकाबाट गणेश ठाकुर, नेकपा एमालेबाट शुसिल कर्ण ,लोसपा अमर साह ,राजपाबाट बेचुयादव र स्वतन्त्रबाट नेपाली कांगे्रसबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष मिथिलेस कर्णले समेत उम्मेदवारी दिएका छन् ।

एकपटक मौका पाईसकेपछि पुनः मौका खोज्दै आफुनै पाउनेमा आश गर्दै आएका कारण उम्मेदवारहरु विच कडा प्रतिस्प्रधा हुने निश्चित छ ।

विन्धीका राम सेवक का अनुसार यस पटक रंजित चौधरीले नै सफलताको हात पार्ने छ । उहा जहिले पनि जनताको सेवा सुविधाका लागि तत्पर रहेका कारण उहाको सफलता निश्चित रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ