कपिलवस्तु नगरपालिकामा युवा नेता सुदिप पौडेलको लहर

समाचार

इमरान खान, कपिलवस्तु, २७ बैशाख । अहिले स्थानीय निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु नगरपालिकाका मेयर पदका उम्मेदवार सुदिप पौडेलको लोकप्रियता बढ्दै गएको छ ।

युवा नेता सुदिप पौडेललाई एमालेले टिकट नदिएपछि उनले जनता सामाजवादी पार्टी नेपालबाट चुनाव चिन्ह छाताबाट उम्मेदवारी दिएर जनता समक्ष आउदा कपिलवस्तु जिल्लामा हलचल मच्चिएको छ ।

कपिलवस्तु नगरपालिकाका युवादेखि लिएर सम्पूर्ण कपिलवस्तु नगरपालिकाबासी युवा नेता सुदिप पौडेललाई सहयोग गरिरहेका छन् ।

अहिलेको चहाना युवा हुन् त्यहि भएर कपिलवस्तु नगरपालिका मात्र नभइ कपिलवस्तु जिल्लाकै विकास को बाटोको रुपमा मेयर पदका उम्मेदवार सुदिप पौडेलको साथमा रहेको स्थानीयबासीहरुले बताए ।

कपिलवस्तु नगरपालिकामा पार्टी नहेरी ब्यक्ति हेरेर सुदिप पौडेललाई विभिन्न पार्टीका कार्यकर्ताहरुले सहयोग गरिरहेको स्थानीय नेताहरुको भनाई रहेको छ । कपिलवस्तु जिल्लामा अहिले चर्चित नेताको रूपमा युवा नेता सुदिप पौडेल रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ