नेपाल–भारत सीमा बन्द

समाचार

विराटनगर, २७ बैशाख । जिल्ला प्रशासन कार्यालय मोरङले आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ ।

यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न मोरङ जिल्लासँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने एक सूचनामार्फत जानकारी दिएको छ ।

निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलियम पदार्थ बोकेको गाडी आवतजावत् गर्न नाकामा दिएपनि ३० गते नाकाबाट एम्बुलेन्स र दमक बाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ