महाराजगन्ज नगर उपमेयर उम्मेद्वार कुर्मीको मृत्यु

समाचार

कपिलवस्तु, २७ बैशाख । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ ।

कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

२०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित कुर्मी यसपटक पनि नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था भए अनुसार उम्मेदवारको मृत्यु भए निर्वाचन स्थगित हुन्छ ।

मतदानको मिति सात दिनभन्दा कम भएको अवस्थामा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था गरिएको छ । यदि सात दिनभन्दा अघि नै मृत्यु भएमा भने मतदानको मिति सार्न पर्ने छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ