काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मताधिकार भएका सबै नागरिकलाई मतदानमा भाग लिन आव्हान गरेका छन् ।
प्रधानमन्त्री देउवाले एक अपिल जारी गर्दै स्थानीय तहलाई कानुनतः सबल र समृद्ध बनाउने प्रतिबद्धता अनुसार काम भइरहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन लोकतन्त्रको आधार भएकाले यो अभियानका निर्भीकताका साथ सहभागी भई मतदानमा भाग लिन आव्हान गरेका हुन् ।
स्थानीय तह निर्वाचन २०७९ का लागि देशभरका ७ सय ५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पु¥याइएको छ ।
निर्वाचन कार्यक्रम अनुसार मतदान हुन ३ दिन अघि नै मतदान सामग्री पु¥याउनु पर्ने भएकाले ७ सय ५३ पालिकाका १० हजार ७ सय ५६ मतदान स्थलमा मतदान अधिकृत सहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया