काठमाडौं, २८ बैशाख । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका निवर्तमान मेयर र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य चन्दा चौधरीमाथि आक्रमण एवं दुर्व्यवहार भएको छ ।
मंगलबार राती ८ बजे मटिहानी नगरपालिकामा निवर्तमान मेयर र प्रतिनिधिसभा सांसद एवं केन्द्रीय कार्यकारिणी समिति सदस्य चौधरीमाथि सांघातिक आक्रमण एवं दुर्व्यवहार भएको थियो ।
यसैबीच लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी उक्त घटना लोकतन्त्र माथिको प्रहार भएको उल्लेख गरेका छन् ।
अध्यक्ष ठाकुरले यस्ता अमर्यादित घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया