वीरगन्ज, ३१ बैशाख । मधेश प्रदेशको एक महानगर पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।
वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको जनाइएको छ ।
१४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो ।
वीरगञ्ज महानगरपालिकाकासहित हालसम्म बहुदरमाई नगरपालिका, ठोरी गाउँपालिका, कालीकामाई गाउँपालिका, धोविनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा मतगणना जारी छ।
यद्यपि अन्य पालिकामा सर्वपक्षीय छलफलपछि मात्र मतगणना सुरु गरिने छ।
तपाईको प्रतिक्रिया