कैलाली, १ जेठ । रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगरपालिका वडा नं. ५ का अध्यक्षका उम्मेद्वारसहित प्यानल विजयी भएका छन् ।
वडाध्यक्षका उम्मेद्वार बलवीर थारुको प्यानल विजयी भएको हो । बलवीरले ८२० मतसहित विजयी भएका हुन् ।
यसैगरी, महिला सदस्यमा बासमोति कुमारी चौधरी ८६२, दलित महिला सदस्य सरिता भूल ८९६, खुल्ला सदस्य कन्हैया चौधरी ८२३ र बलराम चौधरी ८५६ मत प्राप्त गरी विजय भएका छन् ।
यसैगरी, टीकापुर नगरपालिका मेयरमा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरेको छ ।
तपाईको प्रतिक्रिया