सिरहा, १ जेठ । मधेश प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डलको गृह वडामा जनता समाजवादी पार्टी नेपालको प्यानलै विजयी भएको छ ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.१ मा जसपा नेपालको वडा अध्यक्ष पदको उम्मेदवार जयराम कामति नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो ।
वडाध्यक्ष जयराम कामति १०१ मतले बिजयी भएका हुन् । उनी लगायत सम्पूर्ण सदस्य बेचन मण्डल, अजय मण्डल, रोजिता खातुन र सोगारथी पासवान विजय भएका छन्् ।
आफ्नो वडामा जसपालाई विजयी गराउन पूर्वराज्यमन्त्री मण्डलसहितको टिम दिनरात लागेका थिए ।
तपाईको प्रतिक्रिया