मोदी–देउवाबीच छलफलका एजेन्डाहरु

समाचार

नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोादी (फाइल फोटो)

काठमाडौं, २ जेठ । लुम्बिनीमा हुने भेटमा प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच देउवाको पछिल्लो भारतका सहमति कार्यान्वयनबारे छलफल हुनेछ ।

त्यसैगरी लुम्बिनीलाई भारतका बोधगया, सारनाथ र कुशीनगरसँग जोडेर बौद्ध सर्किट अघि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच छलफल गर्ने तयारी छ ।

मोदीसँगको भेटमा पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीलाई निर्माणको ठेक्का दिने बारेमा पनि छलफल हृनेछ ।

मोदी सानो टोली लिएर लुम्बिनी आउन लागेका हुन् । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तव, भारतीय प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयका अन्य केही अधिकारीका साथमा मोदी लुम्बिनी आउनेछन् ।

लुम्बिनीमा हुने २५६६ औं बुद्ध जयन्ती विशेष समारोहलाई देउवा र मोदीले सम्वोधन गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ