मोदीलाई ‘अनररी डक्टरेट’बाट सम्मान गरिने

समाचार

रुपन्देही, २ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अनररी डक्टरेट’ अर्थात् मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ ।

विश्वविद्यालयको कार्यकारिणी सभाले मोदीलाई अनररी महाविद्यावारिधिबाट विभूषित गर्ने निर्णय गरिसकेको छ ।

मोदीको यो पाँचौँ नेपाल यात्रा हुनेछ । नेपाल आउँदा कुनै न कुनै धार्मिकस्थलको भ्रमण मोदीको प्राथमिकतामा परेको देखिन्छ । उनी पहिलोपटक सन् २०१४ अगष्टमा नेपाल भ्रमणमा आएका थि ए। त्यतिबेला उनी जनकपुर र लुम्बिनी जान चाहे पनि भ्रमण हुन सकेन ।

त्यसपछि उनी १८ औँ सार्क शिखर सम्मेलनमा भाग लिन सन् २०१४ को नोभेम्बरमा काठमाडौं आए । उक्त भ्रमणमा मोदी जनकपुर र लुम्बिनी जान चाहेपनि अन्तिम समयमा कार्यक्रम रद्द गरिएको थियो ।

मोदी तेस्रो पटक सन् २०१८ को मे महिनामा नेपाल आएका थिए । उनको नेपाल भ्रमण जनकपुरबाट शुरु भयो । मोदीलाई स्वागत गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर गरे । मोदीलाई जनकपुरमा भव्य नागरिक अभिनन्दन गरियो । पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर उनी फर्केका थिए ।

मोदीको चौथो भ्रमण २०१८ अगस्टमा भयो । नेपालले आयोजना गरेको बिमस्टेक शिखर सम्मेलनमा मोदीले सहभागिता जनाएका थिए ।

उनले त्यसबेलै लुम्बिनी भ्रमण गर्न चाहे पनि सम्भव भएन । मोदीको पाँचौ नेपाल यात्रा चाहिँ लुम्बिनी मात्रै हुँदैछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ