काठमाडौं, २ जेठ । लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनका समकक्षी मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री मोदीलाई मायादेवी मन्दिर परिसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वागतसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने जनाइएको छ ।
प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा लुम्बिनीमै दिवाभोजको आयोजना गर्नेछन् ।
तपाईको प्रतिक्रिया