‘पर्यटन क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँछ’

समाचार

डा.सुरेन्द्र झा, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

भारतको प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणलाई अत्यन्तै स्वागतयोग्यको रुपमा मानेका छौं । बुद्धम् शरणम् गच्छामी हामी भन्छौं । उहाँ आफै बुद्धत्व प्राप्त गरेको एउटा महामानव हुनुहुन्छ ।

बुद्ध जयन्तीको दिन उहाँ लुम्बिनी आउँदा एउटा विशेष समारोहको रुपमा विश्वसामु चिनिने एउटा कदम हो । लाइट अफ एसिया भनेर भगवान बुद्ध प्रचारित हुनुहुन्छ ।

मधेशको धरती पुत्र जसले भगवानको रुपमा विश्वमा प्रख्यातित हुनुहुन्छ । उहाँको कृति र उहाँको अन्तर्राष्ट्रियकरण गराउनमा मोदीको भ्रमणले अतुलनीय योगदान पु¥याउँछ ।

विशेष रुपले विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारत र १३५ करोड जनसंख्या भएको देशको सुप्रिमो, प्रधानमन्त्री नै यहाँ भ्रमणमा आउँदा यसले लुम्बिनी र नेपालको पर्यटन क्षेत्रमा धेरै ठूलो सकारात्मक प्रभाव पर्छ ।

नेपालको जुन भौगोलिक अवस्थिति छ, त्यसमा सबैभन्दा सन्निकट मित्र भारतको प्रधानमन्त्री आउँदा नेपालको राजनीतिक, आर्थिकलगायत दुई देशबीचका नागरिकका जुन सम्बन्ध छ, त्यो सम्बन्धमा पनि बढोत्तरी हुन्छ । उहाँको आफ्नो प्रधानमन्त्रीत्वकालमा यो चौथों पटक नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

यसले पनि देखाउँछ कि भारतले नेपाललाई विशेष महत्वका साथ हेर्दोरहेछ । भारतले नेपालको प्रगति, आर्थिक समृद्धि, राजनीतिक स्थिरतामा योगदान पु¥याउन खोजेको छ भन्ने कुरोको सन्देश भारतजस्तो विशाल राष्ट्रका प्रधानमन्त्रीको यो चौथो भ्रमणले प्रष्टरुपमा सन्देश दिएको छ । अन्तर्राष्टिय जगत्को मिडियाले पनि यो भ्रमणलाई विशेष महत्वका साथ हेरेको छ ।

यो एउटा धार्मिक भ्रमण त हो नै । तर एउटा विश्वका नेता, राजनेताको भ्रमण हुँदा अन्य धेरै कुराहरुमा यसको प्रभाव पर्छ । यो भ्रमणको कुटनीतिक, सामाजिक, राजनीतिक, आर्थिक पनि बिल्कुलै पर्छ । त्यसैले यो धार्मिक भ्रमण भनिए तापनि दुई देशबीच उत्कृष्ट र पृथक सम्बन्ध छ हाम्रो । यो भ्रमणले सो सम्बन्धलाई अझ बढोत्तरी गर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ