जेठ २ गते अर्थात् मई १६ बुद्ध जयन्ती छ, यो विश्वको चासोको कुरा हो र हाम्रो लागि गर्वको कुरा हो कि भारतको कार्यकारी प्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ ।
बुद्ध जयन्तीको दिन हामी नेपालीले उहाँलाई स्वागत गर्न पाउँदा एकदम खुशी हुनुपर्छ । बुद्ध जयन्तीको अवसरमा उहाँको जुन भ्रमण छ, त्यो एउटा रणनीतिक भ्रमण पनि हो ।
चीनको बीआरआई र इण्डो प्यासिफिक स्ट्राटेजीको बीचमा यो भ्रमणलाई हामी हेर्नुपर्छ । यो एउटा धार्मिक भ्रमण भनेर भनिएको छ । यो धार्मिक भ्रमणभित्र पनि एउटा अर्को भ्रमण छ । बुद्धको दर्शनभन्दा पृथक कुरा हामी गर्छौं ।
तपाईको प्रतिक्रिया