‘मोदीको लुम्बिनी भ्रमणले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्नेछ’

समाचार

सत्यनारायण मण्डल, नेता, जनता समाजवादी पार्टी नेपाल

भारतका प्रधानमन्त्री नरेन्द्रको लुम्बिनी भ्रमण नेपालको लागि सौभाग्यको विषय हो । भगवान बुद्धलाई विश्व जगत्ले लाइट अफ एसिया भन्ने गरेको छ । विश्वभरि शान्ति फैलाउने भगवान बुद्धको जुन उद्देश्य थियो त्यो उद्देश्य साथ एसियाका धेरै जसो देशहरु बुद्धमार्गी छन् ।

विश्वमा शान्ति स्थापना हुने सपना साकार हुने उद्देश्य रहेको छ, त्यसमा बुद्ध जयन्तीको दिन भारतका प्रधानमन्त्रीको लुम्बिनी आगमन हुनु नेपालको लागि सौभाग्यको विषय नै हुनेछ । नेपालको एउटा अर्को पक्ष छ कि पर्यटन अभिवृद्धि गर्ने । भारतका प्रधानमन्त्रीको आगमनले नेपालको पर्यटनमा वृद्धि हुनेछ ।

पाँच हजार क्षमता भएको एउटा स्टेडियम निर्माण भएको छ, त्यसै दिनदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदैछ । मोदीको यो भ्रमणले बृहत्तर बुद्ध सर्किट निर्माणमा पनि सघाउ पुग्नेछ । भारतसँग हामीले गरेको सहयोगको अपेक्षामा अझ वृद्धि हुनेछ । त्यो भैरहवा लुम्बिनी क्षेत्रको मात्रे होइन, समग्र नेपालको विकासमा एउटा ठूलो योगदान पुग्नेछ ।

यसअघि जसरी जनकपुरधाम र मुक्तिनाथमा आवागमन भयो, त्यसपछि जनकपुरधाममा त ह्वात्तै पर्यटनहरुको वृद्धि भयो । नेपालमा सबभन्दा बढी पर्यटक आउने भनेको भारतबाट नै हो । पर्यटन क्षेत्रको विकास भयो भने आर्थिक विकासमा टेवा पुग्छ ।

स्वीट्जरल्याण्डको आमदानीको स्रोत नै पर्यटन छ, हाम्रो देश पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । भारतजस्तो ठूलो देशको प्रधानमन्त्री आयो भने हाम्रो लागि सौभाग्यको कुरो छ । भारतसँग हाम्रो सभ्यता र संस्कृति समान छ । उहाँको लुम्बिनी भ्रमणले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ