‘मोदीको यो भ्रमणले नेपालको हितमा दूरगामी असर गर्नेछ’

समाचार

उपेन्द्र झा, राजनीतिक विश्लेषक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनु राम्रै कुरा हो र हाम्रो लागि गौरवको विषय हो ।

दुईटा महाशक्ति देशको सन्तुलन कुटनीतिक सम्बन्धले गर्दा उसको प्रभावमा परेको नेपाल जसरी अराजक किसिमले हिंड्दैछ, त्यसमा स्थिरता ल्याउनका लागि छिमेकी राष्ट्र भारतसँग सौहार्दपूर्ण वातावरण बन्नु र भ्रमणले सम्बन्ध सुधार हुनु आफैमा महत्वपूर्ण कुरा हो ।

भारतसँग हाम्रो प्राकृतिक सम्बन्ध हो, एकअर्कामाथिको जिम्मेवारी पनि हो । जुन आर्थिक संकट श्रीलंकाले भोगिरहेको छ, त्यस्ता संकटबाट नेपाल निवारण पाउनका लागि भारतको साथ र सहयोग आवश्यक देखिएको छ ।

भारतले पनि यी कुराहरुलाई मनन् गरेरै प्रधानमन्त्री मोदीको भ्रमण हुन लागेको हो । त्यसकारण मोदीको आगमनलाई हामी धेरै महत्वका साथ हेरेका छौं ।

धार्मिक तथा राजनीतिक भ्रमण भएपनि दुई देशबीचको विशेष सम्बन्ध हो । यो सम्बन्ध जति बलियो रहन्छ, त्यति फाइदा नेपाललाई हुन्छ ।

मोदीको लुम्बिनी भ्रमणले नेपालको हितमा दूरगामी असर गर्नेछ । मोदीको भ्रमणले धार्मिक पर्यटन एकदमै वृद्धि हुने हामी विश्वास गर्न सक्छौं ।

यसका उदाहरणहरु पनि हामीसँग छ । यो भ्रमणले धार्मिक पर्यटक बढ्छ र नेपालको आर्थिक विकासमा सहयोग पुग्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ