पर्सा : पर्सागढी–५ मा लोसपा विजयी

समाचार

वीरगन्ज, २ जेठ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ५ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नितेश मिश्रा बिजयी भएका छन् ।

लोसपाका मिश्राले ६ सय २३ मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहमद मेराजुदिनले ५ सय ४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी निवर्तमान वडा अध्यक्ष जसपाका असलम आलम ५ सय २० मत पाएर तेस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका राजेश्वर प्रसाद यादवले ४ सय ४५ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ