सर्लाही, २ जेठ । जिल्लाको हरिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
हरिपुरको मेयरमा कांग्रेसका गोपाल पञ्जियार र उपमेयरमा निलम राय यादव निर्वाचित भएका हुन् ।
पञ्जियारका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पञ्जियार विजयी भएका हुन् ।
उनले ६ हजार ९३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८८७ मत पाए ।
यसैगरी, उपमेयरमा निर्वाचित कांग्रेसकी नीलमले ५ हजार ५८३ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी प्रत्यासी नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याइन् ।
तपाईको प्रतिक्रिया