लुम्बिनी र कुशिनगरबीच भागिनी सम्बन्ध स्थापना गर्ने देउवा र मोदीबीच सहमति

समाचार

काठमाडौं, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गौतमबुद्धको जन्मभूमि नेपालको लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्ध स्थापना गर्ने सैद्धान्तिक सहमति भएको छ ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्न आएका मोदी र प्रधानमन्त्री देउवाबीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लुम्बिनीको मायादेवी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पुजा गर्ने कार्यक्रम सकिएपछि द्विपक्षीय भेटवार्ता भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ