रुपन्देही, २ जेठ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्ती अवसरमा लुम्बिनी भ्रमण आएको बेला विभिन्न समझदारी पत्रहरुमा हस्ताक्षर भएका छन् ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र (सीनास) तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, काठमाडौं विश्वविद्यालय र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
यस्तै काठमाडौं विश्वविद्यालय र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने
र नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको सतजल जलविद्युत् लिमिटेडबीच अरुण–४ आयोजनाको विकास र कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
तपाईको प्रतिक्रिया