वीरगन्ज, ३ जेठ । मधेश प्रदेशको वीरगन्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका मेयर पदका उम्मेद्वार राजेशमान सिंह दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
राजेशमानका प्रतिद्वन्द्वी एमाले र लोसपा गठबन्धनका उम्मेद्वार विजयकुमार सरावगी हालसम्म ३३६२ मत मात्रै प्राप्त गरेका छन् ।
राजेशमानले हालसम्म ८१३१ मत अर्थात विजयकुमारभन्दा ४५०९ मतका अग्रता कायम राखेका हुन् ।
तपाईको प्रतिक्रिया