चितवन, ३ जेठ । जिल्लाको माडी नगरपालिकामा नेकपा एमालेकी मेयर उम्मेद्वार ताराकुमारी महतो दुई हजारभन्दा बढी मतान्तरले विजयी भएकी छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडीमा महतोले ९९०१ मतसहित विजयी भएकी हुन् ।
एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । काफ्लेले ७ हजार ७२९ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके ।
९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं. १ र ८, माओवादीले २,४,५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं. ६ मा जित हात पारेको छ ।
तपाईको प्रतिक्रिया