सप्तरी, ३ जेठ । जिल्लाको अग्नि साइर कृष्ण संवरण गाउँपालिका अध्यक्ष पदमा नेकपा(एमाले)का दिनानाथ चौधरीले विजयी भएका छन् ।
चौधरीले कुल १२ हजार ४ सय २५ खसेको मतमध्ये ४ हजार ८ सय ७४ मत प्राप्त गरि जीत हात पारेका हुन् ।
उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी माओवादी केन्द्रका रघु कुमार सिन्हा थारुले १२ सय ७३ मत र जनता समाजवादी पार्टी नेपालका रामदेव यादवले ११ सय ६६ मत प्राप्त गरेका हुन् ।
तपाईको प्रतिक्रिया