बर्दियाको राजापुरमा मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

समाचार

बर्दिया, ३ जेठ । बर्दिया जिल्लाको राजापुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

मेयरमा दिपेश थारु विजयी भएका हुन् । उनी नौ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले नौ हजार ७६० मत ल्याए । त्यस्तै नेकपा एमलेका पहारी चौधरीले ६ हजार ७२ मत पाए ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकला कुमारी चौधरी निर्वाचित भएकी छन् ।

उनले १० हजार ८६ मत पाएकी छन् । त्यस्तै नेपाली कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत पाइन् भने एमालेकी सावित्री शर्मा बख्रेलले पाँच हजार ४२२ मत पाइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ