विराटनगर महानगरमा गठबन्धनका उम्मेद्वारको अग्रता कायमै

समाचार

विराटनगर, ४ जेठ । विराटनगर महानगरपालिका मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार नागेश कोइरालाले अग्रता कायमै राखेको छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार कोइरालाले ११८७६ प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सागरकुमार थापा ९०७५ मतका दोस्रो स्थानमा छन् ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्कीले १०४२६, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले ६३८२, राप्रपाकी विन्दाकुमारी लुइँटेलले ३०६५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २१९९ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ