नेपालगन्ज, ४ जेठ । बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादवले पाँच हजार १२५ मत पाउँदा एमालेका उम्मेदवारले तीन हजार ७१९ मत पाएका थिए ।
उपाध्यक्षमा कांग्रेसका साहिदा बानोले निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसापा)की तरन्नुम बानोले चार हजार ७५४ मत पाउँदा एमालेका उम्मेदवारले चार हजार १५८ मत पाएका थिए ।
तपाईको प्रतिक्रिया