महोत्तरी, ४ जेठ । वृषेश चन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीले पनि पालिका अध्यक्षमा आफ्नो खाता खोलेको छ । चुनावको मुखमा तमलोपा पुनर्जीवित गरेका लालको पार्टीले यो पहिलो पालिका प्रमुखमा सफलता हात पारेको हो ।
जिल्लाको महोत्तरी गाउँपालिकामा तमलोपाका अध्यक्ष पदका उम्मेद्वार दिलिप पाण्डेय विजयी भएका हुन् ।
पाण्डेयले २३३६ मतका साथ विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका अजयजंग रायले २२०८ मत प्राप्त गरे ।
यसैगरी, उपाध्यक्षमा जसपाकी दियोदेवी पासवान विजयी भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी तमलोपाकी ललितादेवी साहले १९९१ मत प्राप्त गरिन् ।
तपाईको प्रतिक्रिया