महोत्तरी, ४ जेठ । जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं. ४ (सुगा भवानीपट्टी) मा नेकपा (एमाले)का हरिचन्द्र महतो ३४० मतान्तरसहित विजयी भएका छन् ।
महतोले ९६७ मतका साथ जीत हासिल गरेका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेद्वार एवं निवर्तमान वडाध्यक्ष लोकेन्द्र लाल कर्णले ६२७ मत प्राप्त गरेका हुन् ।
यसैगरी, महतोका अन्य प्रतिस्पर्धीहरु नेपाली कांग्रेसका धनेश्वर तिवारी ३३१, जनता समाजवादी पार्टी नेपालका जयमोहन तिवारी १२७, नेकपा (माओवादी केन्द्र)का नागेन्द्र पासवान ९९, नेकपा (एकीकृत समाजवादी)का विश्वनाथ लाल कर्ण ८८ र स्वतन्त्र उम्मेद्वार चन्द्र शेखर चौधरीले ९९ मत प्राप्त गरेका हुन् ।
तपाईको प्रतिक्रिया