जनकपुरधाममा मनोज साहको अग्रता कायमै, लोसपा तेस्रो स्थानमा उक्लियो

समाचार

काठमाडौं, ५ जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोज साहले अग्रता कायमै राखेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरी तेस्रो नम्बरमा उक्लेका छन् ।

नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्वारी दिएका मनोज साहले ४ हजार ४ सय ६६ मतका साथ अग्रता कायमै राखेका छन् । यसैगरी दोस्रो नम्बरमा नेकपा एमालेका शिवशंकर साह (हिरा) पनि कायमै छन् ।

यस्तै, यसअघि तेस्रो नम्बरमा अर्का सवतन्त्र उम्मेद्वार बलराम महतो तेस्रो स्थानबाट चौथोमा खस्केका छन् । उनी १ हजार २ सय २४ मतसहति चौथोमा पुगेका छन् ।

चौथो नम्बरमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेद्वार मनोज चौधरी तेस्रो नम्बरमा छलाङ मारेका छन् । उनले एक हजार २९९ मतसहित तेस्रो नम्बर स्थान बनाएका छन् ।

यसैगरी, पाँच दलीय गठबन्धनको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका उम्मेद्वार जनता समाजवादी पार्टी नेपालका नेता एवं निवर्तमान मेयर लालकिशोर साहको अवस्था निकै दयनीय रहेको छ । उनी १२९९ मतसहित पाँचौ नम्बरमा रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ