टीकापुर नगरपालिकामा रेशमलाल चौधरीको पार्टीका मेयर विजयी

समाचार

कैलाली, ५ जेठ । टीकापुर घटनाको अभियोगमा जेल जीवन बिताइरहेका सांसद रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा शानदार जीत हासिल गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मेयर उम्मेद्वार रामलाल डगौरा थारु तीन हजार मतान्तरले विजयी हासिल गरेका छन् ।

रामलाल डगौराले ९६४२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज रावलले ६६४२ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपमेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार उल्कादेवी विश्वकर्मा १५३ मतान्तरले पराजित भएकी हुन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका खडकबहादुर शाहले ७९५५ मतसहित विजयी भएका हुन् भने नागरिक उन्मुक्ति पार्टीकी उम्मेद्वार विश्वकर्माले ७८०२ मत प्राप्त गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ