सर्लाही, ९ जेठ । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कल्पना कुमारी कटुवाल विजयी भएकी छन् ।
कटुवाल १२ हजार २ सय ७३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान मेयर देवानन्द महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी बरहथवा नगरपालिकामा उपप्रमुखमा पनि एमालेले नै विजयी भएको छ । एमालेका उम्मेदवार रामबाबु प्रसाद साह ९ हजार ९ सय १ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार गङ्गा दाहालले ७ सात १ सय २९ मत ल्याइन् ।
तपाईको प्रतिक्रिया