वृन्दावन नगरपालिकामा नेकपा एस विजयी

समाचार

रौतहट ९ जेठ । रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एकिकृत समाजवादीले विजय हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रमुखका उम्मेदवार विनोद प्रसाद कुर्मीले ६ हजार १ सय १२ मत र उपप्रमुखमा सङ्गीता कुमारी रामले ५ हजार ७ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन् ।

कुर्मीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामस्नेही राय यादवले ४ हजार ६ सय ७८ मत र उपप्रमुख पदका निकटतम प्रतिद्वन्द्वी शैतुन खातुनले मत ४ हजार ६ सय ८८ प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ